आइएमई पे मार्फत नेपाल लाईफको बीमा भुक्तानी गर्दा २५ सयसम्म क्यासब्याक पाइने

  २०७९ असार १५ गते १६:०५     विकासन्युज

काठमाडौं । आइएमई पे एपमार्फत नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानी गर्दा छुट पाइने भएको छ ।

आइएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफर अन्तर्गत असार १० गतेदेखि सो एपबाट एन.एल.आइ.सि.को प्रिमियम भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% अर्थात अधिकतम २ हजार ५०० रुपैयाँसम्म क्यासब्याकको पाइने भएको हो ।

उक्त अफर योजना अन्तरगत हरेक दिन १ जना बिजेताले चन्द्रागिरी केबलकाटरको २ वटा टिकट समेत जित्न सक्नेछन् ।

हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले उक्त अफर मार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.