२०७९ असार १४ गते २०:३५ विकासन्युज
काठमाडौं । कर्मचारी सञ्चय कोषले ब्याजदर बढाएको छ । कोषको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि ब्याजदर बढाउने निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले सञ्चयकर्तालाई सञ्चय कोष र निवृतभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याज ८ प्रतिशत तोकेको छ ।
यस्तै, सञ्चयकर्ताको विशेष सापटीमा ९.१० प्रतिशत, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत, सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्रकर्जामा १०.३५ प्रतिशत ब्याक कायम गर्ने निर्णय गरेको छ ।
धितोमा आधारित कर्जाको ब्याज त्रैमासिक रुपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धि त्रैमासमा पाकेको ब्याजमा ०.२५ प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । बजारमा तरलताको समस्या भइरहेको बेला सञ्चयकोषले पनि ब्याजदर बढाएको हो ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.