पिउने पानीको जारमा हैजाको किटाणु भेटिएको छैन : प्रवक्ता महर्जन

  २०७९ असार १४ गते १५:५६     विकासन्युज

काठमाडौं । पिउने पानीको जारमा हैजाको किटाणु नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताएका छन् । विभागले नियमित गरिरहेको परिक्षणमा अहिलेसम्म पानीका जारमा हैजाका किटाणु नभेटिएको प्रवक्ता महर्जनले विकासन्यूजलाई बताएका हुन् ।

प्रवक्ता महर्जनका अनुसार विभागले चालु आर्थिक वर्षमा ३ सय १८ वटा जारको परिक्षण गरेको र अहिले पनि दैनिक रुपमा ८ वटा उद्योगले उत्पादन गर्ने पानीको जार परिक्षण गरिरहेको बताए । हिजोआजका दिनमा गरिएको परिक्षणमा हैजाको जिवाणु नभेटिएको उनको भनाई छ ।

‘सञ्चारमाध्यममा आएका कुराहरु कसरी आए, हामी नै छक्क पर्यौं । हामीले नियमित परिक्षण गरिरहेका छौं, तर त्यस्तो भेटिएको छैन् । कोलिफर्म भनेको त हैजाको किटाणु होइन, तर म्यासेज कसरी ट्विस्ट भएर आइरहको छ,’ प्रवक्ता महर्जनले विकासन्यूजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.