२०७९ असार १३ गते १३:०० विकासन्युज
काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि सँगै धेरैको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेकाे छ । खरिदमा पनि महँगो र पेट्रोल पनि महँगो नै भएपछि मानिसहरुको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेको हो ।
यसअघि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात गर्ने ठूला घरानाका अटो व्यवसायीहरुको पनि ध्यान पछिल्लो समय विद्युतीय सवारीमा गएको छ । केहीले विद्युतीय सवारी नेपालमा नै उत्पादन गर्ने गरी उद्योग समेत दर्ता गरेका छन् ।
आम उपभोक्ताको ध्यान विद्युतीय सवारीमा पर्दा सरकारले पनि विद्युतीयसँगै डिजेल तथा पेट्रालबाट चल्ने सवारी साधन नेपालमा नै उत्पादन गर्ने उद्योगलाई विभिन्न छुट दिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् नेपालमा नै सवारी साधन उत्पादन गर्ने उद्योगलाई अन्तशुल्कमा छुटदेखि पार्टस् आयातमा समेत छुटको घोषणा गरेको छ ।
त्यसैले पनि बिक्रेता र खरिदकर्ता दुवैको ध्यान अहिले विद्युतीय सवारीमा गएको छ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई पनि विद्युतीय बनाउन सकिने भएको छ । सुन्दर अटो इञ्जिनियरिङले तीन घण्टामै सहज रुपमा पेट्रोलका मोटरसाइकल र स्कुटरलाई विद्युतीय सवारीमा परिवर्तन गर्दै आएको छ ।
सुन्दर अटो इञ्जिनियरिङले करिब तीन महिनादेखि पुराना स्कुटरलाई पेट्रोल र बिजुली दुवैबाट चल्ने ‘हाइब्रिड स्कुटर’ बनाउन थालेको छ । लामो प्रयासपछि कम्पनीले पुराना स्कुटरलाई नयाँ स्वरूपमा पेट्रोल र बिजुली दुवैमार्फत् चल्ने बनाउँदै आएको हाे ।
बढ्न थाल्यो माग
सुन्दर अटोका अध्यक्ष भेषबहादुर थापा वाइरिङ, कन्टोलर, ब्याट्री, मोटर र डिस्प्ले परिवर्तन गरेर पेट्रोलबाट सञ्चालन हुने बाइक तथा स्कुटरलाई तीन घण्टामा विद्युतीय सवारी साधनका रूपमा परिवर्तन गर्न सकिने बताउँछन् ।
काठमाडौंको धुम्बाराहीमा रहेको प्लान्टबाट दैनिक ठूलो संख्यामा पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकल र स्कुटरलाई विद्युतीय सवारीका रुपमा रुपान्तरण भइरहेको उनको भनाइ छ ।
उनले पेट्रोलका साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्न सरकारको अनुमति लिनै लामो समय लागेको बताए । ‘हामीले सवारी परिवर्तन गर्नका लागि अनुमति पाउन झन्डै ३ महिना पर्खियौं, सरकारको त्यस्तो नीति नै थिएन’, उनले भने, ‘हाम्रै कारणले सरकारले डिजेल तथा पेट्रोलका सवारीलाई ईभीमा परिवर्तन गर्ने निर्णय गरेको हो, सरकारले सूचना जारी गरेको ७२ घण्टाबाटै हामीलै एकैपटक १२ वटा स्कुटरलाई ईभीमा परिवर्तन गरेर देखायौँ ।’
सरकारलाई सुन्दरले नै दबाब दिएपछि मात्र गत चैत १४ गते सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर विद्युतीय सवारीमा परिवर्तन गर्न बाटो खुला गरिदिएको उनले दाबी गरे ।
उनका अनुसार पछिल्लो समय सवारी परिवर्तन गर्न कम्पनीमा रहेका कामदारलाई भ्याइनभ्याई हुन थालेको छ । ‘पुराना काम नै नगर्ने साधनलाई समेत हामीले इभीमा परिवर्तन गछौँ, सस्तो र सुपथ मूल्यमा परिवर्तन गर्न मिल्ने भएपछि अहिले हाम्रा प्राविधिकलाई भ्याननभ्याई छ’, उनले भने ।
‘हामीले यातायातको नियमभन्दा बाहिर गएर बनाउन पाइँदैन, नियम सबैलाई एउटै हो तर, अहिले हामीले थाम्नसक्ने अवस्था नै छैन, ग्राहकको संख्या बढ्दा पेट्रोलियम पदार्थको मूल्य बढ्दा धेरै असर गरेको देखियो’, उनले भने ।
नेपालमा मात्र नभएर चीन तथा भारतमा समेत विद्युतीय सवारीको किटको माग उच्च छ । सुन्दरले हाल चिनियाँ तथा भारतीय प्राविधिक तथा उक्त देशका पार्टसबाट विद्युतीय सवारीमा परिवर्तन गर्दै आएको छ ।
उनले उपभोक्ताको माग बढ्न थालेपछि भारतीय तथा चिनियाँ कम्पनीसँग थप ५०/५० हजार किट आवश्यक रहेको जानकारी गराइसकेको बताए ।
तीन वर्षको वारेन्टी
अहिले १ लाख रुपैयाँ खर्च गरेर आफूसँग भएको पेट्रोलको बाइक तथा स्कुटरलाई विद्युतीयमा परिवर्तन गर्दा बाँकी २ वर्ष फाइदा हुने अध्यक्ष थापाको दाबी छ ।
उनका अनुसार कम्पनीले तीन वर्षको वारेन्टीमा विद्युतीय सवारीमा परिवर्तन गरेको छ । दुई वर्ष निःशुल्क रुपमा विद्युतीय बाइक तथा स्कुटर चलाउन सकिन्छ । ब्याट्री र मोटरको वारेन्टी तीन वर्ष र एक वर्षको बीमा सुविधा कम्पनीले दिएको छ । स्कुटरमा कुनै समस्या आयो भने कम्पनीले घरमै पुगेरसमेत सेवा दिने कम्पनीले जनाएको छ ।
दुर्घटना तथा विभिन्न कारणले टुटफुट हुने कतिपय पाटपूर्जाहरूमा कम्पनीले आठ वर्षसम्म वारेन्टी दिने अध्यक्ष थापाले दावी गरे । स्कुटरका पाटपूर्जा आवश्यक पर्दा बुटवलको कालिकानगर, पोखराको अमरसिंह चोक र धुम्बाराहीबाट लिन सकिनेछ। छिट्टै काठमाडौंको नक्साल, चितवन, विराटनगर र ललितपुर लगायत विभिन्न ठाउँबाट पनि लिन सकिने उनले बताए ।
मानौँ, तपाईले प्रयोग गर्ने स्कुटर प्रत्येक दिन ५० किलोमिटर गुड्छ, दैनिक ५० किलोमिटर गुड्दा तपाईको स्कुटरले २ लिटर तेल खान्छ । स्कुटरले २५ किलोमिटर भन्दा बढी दिदैन ।
अहिलेको मूल्यमा २ लिटर पेट्रोलको हिसाब गर्दा मानौँ ३५० रुपैयाँ खर्च लाग्छ । त्यसमा मविल सर्भिसिङकोे खर्च राख्नुछ, महिनामा थप ३५० रुपैयाँ खर्च हुन्छ । एक महिनामा एउटा स्कुटरले खाने तेल र सर्भिसिङको खर्च धेरै आउँछ । तर, त्यही खर्चमा विद्युतीय स्कुटरको दैनिक खर्च २४ रुपैयाँ मात्र आउँछ । स्कुटरमा दैनिक ३५० रुपैयाँको तेल खाने स्कुटरले दिनमा २४ रुपैयाँ मात्र खान्छ ।
सबै खचै जोड्दा स्कुटरको मासिक खर्च ९ हजार रुपैयाँ पर्न आउने रैछ । एक वर्षमा स्कुटरको तेल र सर्भिसिङ खर्चमात्रै १ लाख बढी आउँछ । स्कुटरलाई विद्युतीय बनाउँदा १ लाख खर्च आउँछ, पेट्रोल र सर्भिसिङमा वार्षिक रुपमा हुने १ लाख रुपैयाँ खर्च विद्युतीय बनाउँदा खर्च गर्र्यो भने वाँकी २ वर्ष सित्तैमा स्कुटर चलाउन पाइन्छ नी, हैन ।
‘स्कुटरमा दैनिक रुपमा हुने ठूलो खर्चतिर कसैको ध्यान छैन, अहिले इभीमा परिवर्तन गर्दा लाग्ने १ लाख रुपैयाँमा मात्रै धेरै मान्छेले चासो दिएको देख्छु, पेट्रोलमा खर्च गरेको लाखौँ रकम बाहिरिएको कसैले देख्दैनन्’, उनले भने ।
उनले कम्पनीले मिलेसम्म असार महिनाबाटै ट्याक्सीलाई समेत इभीमा परिवर्तन गर्ने तयारी थालेको बताए । ट्याक्सीमा लाग्ने खर्चको बारेमा कम्पनीले तयारी थालेको बताउँदै केही दिनमा नै खर्च सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
उनले पछिल्लो समय दुई पाँग्रे ईभीमा ग्राहकले धेरै चासो देखाएका छन् । उनका अनुसार स्कुटर तथा बाइकमा मात्रै पेट्रोल खर्च कम गर्नसकेमा काठमाडौंबाट मात्रै मासिक रुपमा २ करोड नेपाली रुपैयाँ बाहिरिनबाट रोकिन्छ ।
भिडियाे:
Copyright © 2022 Bikash Media Pvt. Ltd.
Car लाई ब्याट्री बाट चल्ने बनाउन कति खर्च लाग्छ? र बनाउने ठाउँ कता छ?
Great information
I am looking forward to sift my scotty in electronic one
कुनठाउ ह्रो
Good work
Please Phone no. Pamna
Mero 220 f lai ni electric banaunu paro .contact number drop garnusna
पेटोल स्कुर लाई बिधुतियामा कन्भेट गर्दा पुरानो स्कुटरको ट्याक्स तिरन पछँ कि परदैना जानकारि पाउ
Kun thauma x number denusna
Sundar auto Ko number pau na sir?
https://www.facebook.com/yatayatsundar/ 984-0600817
Pokhara ma service chha ki nai
Sundar auto ko number pau na