इको प्यानलका सीईओ दुवाल सम्मानित

  २०७९ असार १२ गते १७:०६     विकासन्युज

भक्तपुर । सरकारले भक्तपुरका इन्जिनियर कृष्णभक्त दुवाललाई सम्मान गरेको छ । लामो सयमदेखि युवा उद्यमी तथा व्यवसायीलाई एन्टरप्रेनर (स्वावलम्बी) बनाउन गरेको योगदानको कदरस्वरूप युवा तथा खेलकुद मन्त्रालयले उनलाई सम्मान गरको हो ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले इन्जिनियर दुवाललाई प्रशंसपत्र प्रदान गरी सम्मान गरेका हुन् । व्यवसायीका रुपमा निरन्तर क्रियाशिल रही गरेको योगदान प्रशंशनीय रहेको भन्दै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय सिंहदरवार काठमाडौंले उनलाई सम्मान गरको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले ईन्जिनियर दुवाललाई प्रशंशापत्र प्रदान गरी सम्मान गरेका हुन् ।

उद्योग व्यवसायको क्षेत्रको विकासबाट मात्र राष्ट्रको समुन्नत विकासमा टेवा पुग्ने र इन्जिनियर दुवालले यसका लागि गरेको कामको कदर गर्दै सम्मान गरेको जनाइएको छ । युवा बर्गलाई यस क्षेत्रमा क्रियाशिल गराउन दुवालको भूमिका प्रेरणादायी रहेकोले सम्मान गरेको सम्मानपत्रमा उल्लेख छ । आमागी दिनमा अझ सक्रियताका साथ यस कार्यमा जुटने अपेक्षा राखिएको छ ।

इन्जिनियर दुवाल युवा व्यवसायी हुन् । उनी नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । आफू र युवा वर्गलाई नयाँंनयाँं व्यापारव्यवसाय संलग्न गराउन उनी निरन्तर क्रियाशिल व्यक्तित्व हुन् । विषेश गरेर विदेशीबाट सिकेर यहाँं त्यस्ता नयाँंनयाँं व्यवसायमा लाग्ने र लगाउने काममा उनी विशेष सक्रिय छन् ।

युवा व्यवसायी दुवाल नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायणमा इन्जिनियरिङक अन्तिम सेमेस्टरका विद्यार्थीहरुलाई इन्जिनियरिङ एन्टरप्रेनरशिप विषय अध्यापनरत छन् । उनी भक्तपुर नगरपालिका वडा नं १० थालाछेका स्थायीबासी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.