जहाँ ‘भगवान’ पनि सुरक्षित छैनन् (फोटो फिचर)

  २०७९ असार ११ गते १०:४८     विकासन्युज

थापालीस्थ्ति जङ्ग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा ।

काठमाडौं । देशेको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ ।
काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ ।

पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकिर्ति महाविहार ।

मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ । अज काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवनका मूर्ति भेटिन्छन् । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर,पानीले खिएका, अविर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरुमा छन् । तर संरक्षण भने अझै भएको छैन । जताततै लापरबाही छ ।

पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति ।

मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् । मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ ।

पाटन सुन्धारामा पानीले खिइएको मूर्ति ।

फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन । एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ ।

च्यासल ढुंगेधारामा विभिन्न देविदेवताको मूर्तिहरु ।

यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन् । तर मूर्तिको र मन्दिरको संरक्षण गर्नभने पहलकदमी हुन सकेको छैन ।

बज्रवाराही मन्दिरभित्र रहेको मूर्तिहरु ।

बसन्तपुरको गोरखनाथको मन्दिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.