सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा

  २०७९ असार १० गते १२:०८     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४० लाख कित्ता १०.७५ प्रतिशत एस.बि.एल. डिबेन्चर २०८९ बिक्री खुला गरेको हो । १० वर्ष अवधिकाे यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाउन सक्नेछन् ।

बैंकले ४० लाख कित्ता ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात २४ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ ।

बैंककाे अनुसार सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले यस ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.