‘आइएमई पे’ मार्फत क्यूआर पेमेन्ट गर्दा १० प्रतिशतसम्म छुट

  २०७९ असार ९ गते १६:४७     विकासन्युज

काठमाडौं । आइएमई पेले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुत्तानी गर्दा दिनभरीमा १० प्रतिशतसम्म छुट (अधिकतम १०० रुपैयाँसम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

आइएमई पेले यस अफर असार १० गते शुक्रबारकाका दिन १ दिनको लागि मात्र मान्य हुने बताएकाे छ । यस अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासब्याक पाउनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा भने यो अफर लागु हुने छैन ।

आइएमई पे नेपालकै अग्रणी फिनटेक मध्ये एक हो जसले डिजिटल वालेटका सबै सुविधाका साथै अन्य आर्थिक लाभहरू प्रदान गरिरहेको छ । वित्तीय समावेशीताको सामूहिक लक्ष्यका साथ आइएमई पे आफ्ना सेवाहरू एक सरल तर प्रभावकारी एप मार्फत देशका हरेक कुना–कुनामा उपलब्ध गराउनमा केन्द्रित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.