महँगिदै असर्फी, जर्तीको मूल्य प्रतिग्राम २०० रुपैयाँ बढायो राष्ट्र बैंकले

  २०७९ असार ९ गते १५:२०     विकासन्युज

काठमाडौं । असर्फीको मूल्य प्रतिग्राम २०० रुपैयाँसम्म वृद्धि गरिएको छ । नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातु खरिद बिक्री तथा टकमरी सम्बन्धि कार्यविधि संशोधन गर्दै सर्बसाधारणलाई बिक्री गर्ने असर्फीमा प्रतिग्राम १०० र संस्थालाई बिक्री गरिने असर्फीमा प्रतिग्राम २०० रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

यसरी मूल्य बढाउने निर्णय असर ५ गते बसेको सञ्चालक समितिले निर्णय गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

सुनचाँदी वा अन्य धानुबाट बन्न असर्फी, स्मारिका, सिक्का र मेडालियनमा प्रयोग हुने जर्तीको हिसावमा मात्र यस्तो मूल्य वृद्धि गरिएको हो । पहिला सर्बसाधारणले लिने असर्फीको तौलमा प्रतिग्राम २०० रुपैयाँ लिदै जर्तीको मूल्य थप्ने गरेकोमा अव ३०० रुपैयाँ थपिने छ । संस्थागत रुपमा किनिने असर्फी किन्नेलाई जर्ती बापत प्रति ग्राम ३०० रुपैयाँ लिदै आएकोमा अब ५०० रुपैयाँ लिने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो धातु पनि प्रयाप्त मात्रामा भण्डारण भएको अवस्थामा मात्र बेचिने राष्ट्र बैंकले जनाएको छ । धातुको मूल्य भने अन्तराष्ट्रिय बजार, सुनचाँदी व्यवसायी संघले तय गरेको आधारमा राष्ट्र बैंकले तय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.