पैसा नभएको बैंकको चेक काट्ने कोटेश्वरका अरुण पक्राउ, १० लाख जरिवाना तिर्नुपर्ने

  २०७९ असार ९ गते १४:५९     विकासन्युज

काठमाडौं । पैसा नभएको बैंकको चेक काट्ने कोटेश्वरका अरुण खड्का पक्राउ परेका छन् । रामेछापको लिखु तामाकोशी घर भइ हाल कोटेश्वरमा बस्दै आएका २८ वर्षिय खड्का बुधबार तीनकुनेबाट पक्राउ परेका हुन् ।

खड्काले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई २०७८ साल चैत ७ गते उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो ।

उनलाई अदालतले दश लाख १२ हजार जरिवानासहित ३ दिनको जेल सजाए सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.