बिहेमा छोरी ज्वाईंलाई कुश्माकी मेनकाले दिइन् बीमा कोसेली

  २०७९ असार ८ गते १९:३२     विकासन्युज

काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै अभिभावकको हुन्छ ।

छोराछोरीको विवाह अभिभावकको लागि एक अमुल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरिदिएकी छिन् ।

जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस भन्ने कामना सहित बीमा गरिदिएको उनले बताइन् ।

‘हाँसी खेली घुमेको माईतिघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो  स्वरुप आफ्ना छोरी र ज्वाईं दुवैको बीमा गरिदिएको हुँ,’ उनले भनिन् ।

सूर्या लाइफ इन्स्योरेन्सको कुश्मा शाखाबाट जारी गरीएको उक्त बीमा योजना कम्पनीका एजेन्सी विभाग प्रमुख यज्ञ बहादुर राउतले बैबाहिक समारोहमै गएर हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.