विश्वको जुनसकुै देशबाट पठाएको रकम अब सिधै कुमारी बैंकको खातामा

  २०७९ असार ८ गते १६:१६     विकासन्युज

काठमाडौं । कुमारी बैंकले भिसा ईन्टरनेशनलसँगको सहकार्यमा ग्राहकहरुको लागि विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिटरक्रेडिट एवंम प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।

विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल/ईन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् ।

विदेशबाट भिसा डाईरेक्ट मार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिस ताम्राकारले बताए । उनकाे अनुसार  फ्रिल्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी भिसा डेबिट/क्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्ने छन् ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकवर्गहरुलाई  मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ । यस प्रणाली मार्फत गरिएका प्रत्येक १५ हजारभन्दा बढीको भिसा डारेक्ट कारोबारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम ५०० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

कुमारी बैंकले १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४४ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.