स्मार्टच्वाईस टेक्नोलोजिज र मोरू डिजिटल वालेटबीच क्यूआर मार्फत भुक्तानी गर्ने सम्झौता

  २०७९ असार ८ गते १४:१९     विकासन्युज

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता भएको छ ।

यस सम्झौतासँगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले एक लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन भने मोरू वालेट मार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् ।

फाइनान्सियल स्विच मार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले इ।एम।भि स्ट्यान्डर्डमा आधारित स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनी बताउँछ ।

स्मार्टच्वाईस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.