टिभिएस अपाचे आरटिआर १६० फोरभि आरटिएफआइ नेपाली बजारमा आउँदै

  २०७९ असार ८ गते १३:२१     विकासन्युज

काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस अपाचे आरटिआर १६० फोरभि आरटिएफआइ तथा बिएस–भिआइको नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारी गरेकाे छ ।

कम्पनीकाे अनुसार नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको बिएस–भिआइ मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष ३ राइड मोड्स (रेन अर्बन र स्पोर्ट मोड) रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस विशेषताले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने कम्पनीकाे भनाइ छ ।

यसैगरी यस मोटरसाइकलको अर्को राम्राे पक्ष भनेको रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटिएफआइ) टेक्नोलोजी युक्त बिएस–भिआइ इन्जिन रहेको छ । अटोमोबाइल जगतमा आरटिएफआइ टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ । यस आरटिएफआइ टेक्नोलोजी युक्त इन्जिनले माइलेजमा वृद्धि गदर्छ । साथै बिएसभिआइ कम्पलयिन्ट इन्जिन वातावरण मैत्री हुन्छ ।

त्यति मात्र नभएर यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् ।

जगदम्बा मोटर्सले नयाँ टिभिएस अपाचे आरटिआर १६० फोरभि आरटिएफआइ विथ बिएस–भिआइ काठमाडौँको पर्पल हेज रक बारबाट असार ९ गते सार्वजनिक गर्ने जनाएको छ । सो कार्यक्रम प्रख्यात नेपाली ब्यान्ड कबवेभ तथा नेपालको विभिन्न मोटो भ्लोगर्सको साथै जगदम्बा मोटर्सको प्रतिनिधिहरुको उपस्थितिमा हुने कम्पनीले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.