कमल थापाले गरे बालेनको तारिफ, महानगरको कार्यक्रम प्रशंसनीय

  २०७९ असार ६ गते १५:४९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगर पालिकाका मेयर वालेन साहको सामाजिक आकर्षण बढ्दै गएको छ । सर्बसाधारण मात्र होइन, ठूला नेता, प्रशासक र उद्योगी व्यापारीहरुले पनि वालेनसँग फोटो खिचाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेको पाइन्छ ।

प्रचण्ड, बाबुराम भट्टराई, गगन थापा, राजेन्द्र लिङ्देल लगायतले यसअघि नै वालेनको सार्वजनिक रुपमा तारिफ गरिसकेका छन् । वालेनको तारिफ गर्नेमा कमल थापा पनि थपिएका छन् ।

थापाले सोमबार ट्वीट गर्दै भनेका छन्–‘आकांक्षा असीमित हुन्छन् । यो पनि, त्यो पनि भैदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो । तथापि काठमाडौँको समग्र विकासको निम्ति बालेन साहद्वारा प्रस्तुत नीति/कार्यक्रम प्रशंसनीय छ’ उनले भनेका छन्–‘संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो लाग्यो । कार्यान्वयनको लागि शुभकामना ।’

कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री हुन् । पञ्चायत कालदेखि राजनीतिको केन्द्रमा रहेका उनी राप्रपामा राजेन्द्र लिङ्देलको उदयपछि ओझेलमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.