चाहेर होस् या नचाहेर, स्वीकार्नै पर्ने सत्य हो ‘चिसो मान्छे’

  २०७९ असार ५ गते १९:५९     आस्था बस्नेत

काठमाडौं । चाहेर होस् या नचाहेर, स्वीकार्नै पर्ने सत्य हो चलचित्र ‘चिसो मान्छे’ । जसले हाम्रो मुलुकको राजधानीबाट दुर रहेको सुदुरको कथा थोरै तर हुबहु उतारेको छ । थोरै पात्र र धेरै लामो दुरि समेटेर बनाइएको उक्त चलचित्र नेपाली सिनेमाले खोजेको एक मीठो कोसेली हो ।

भोलिका दिनमा सिनेमार्केटलाई चिसो मान्छेले हल्लाउन नसक्ला,सोसल मिडियाको भाइरल कन्टेन्ट बन्न नसक्ला, चिसो मान्छेका मुख्य पात्रलाई सबैले चिन्न नसक्लान् । तर उक्त चलचित्र हेर्ने दर्शकले चिसो मान्छेलाई अलग्गै किसिमले व्याख्या गर्ने छन् ।

के उतारेको छैन र चिसो मान्छेले ?

चिसो मान्छेले परदेशदेखि घरदेशसम्मको कथा पर्दामा उतारेको छ । विधवादेखि विदुरसम्मको पीडा उतारेको छ । बाकसमा थुनिएको चिसो लासमाथि हुने भष्ट्रचार उतारेको छ, लासमाथि खेलिने राजनीति उतारेको छ । सुदुरपश्चिममा गरिने जातिय विभेदलाई उतारेको छ (डुम्) ।

एक विधवाले एक विदुरको आँखा पढिसकेपछि, यो समय यहि रोक्कियोस् भन्दै गर्दा मलाई कविजीको एउटा लाइन बारम्बार मगजमा खेलिरह्यो । ‘तिमी आँखा खोलेर निदाउन सक्दैनौं, मलाई पढ्नु छ तिम्रा आँखा के भन्न चाहन्छन् भनि ।’

कथाले जे माग्यो, जस्तो माग्यो त्यस्तै रूपमा प्रस्तुत भैदिने कलाकार क्या कलाकार । भाषा, भूगोल अनि कथा नै फरक पर्दा पनि कत्ति मज्जाले भूमिका निभाउनुभयो । पुरै मुभि हेरेपछि यति भन्न कन्जुस्याइँ गर्न सकिन्न ‘पूर्वकी स्वास्तिमाले पश्चिमी भाषालाई न्याय दिएकी छिन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X