यसरी गर्दैछन् मेयर बालेनले काठमाडौंको फोहोर व्यवस्थापन

  २०७९ असार ५ गते १८:४९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले  फोहोर व्यवस्थापनलाई पनि उच्च प्राथमिकता दिएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

वर्षेनी फोहोरको समस्या व्यवस्थापनमा सकस हुँदैआएको महानगरलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाले महत्वका साथ हेरेको छ । मेयर बालेनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोरको पुनः प्रयोग र प्रशोधन गर्न श्रोतमा नै बर्गिकरण गर्ने व्यवस्था मिलाइने बताएका छन् ।

उनले कुहिने फोहोरलाई घरमै मल बनाउने महानगरवासिहरुका लागि सोही प्रयोजनमा लाग्ने शुल्क विशेष सहुलियत दिने प्रबन्ध मिलाइने, ३ प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैला (मल्टिपल स्वेल वेस्ट)को दिगो व्यवस्थापन गरिने बताएका छन् ।

उनले यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सो को प्राप्ति, स्थापना, विकास र सञ्चालनको कार्य गर्न एक छुट्टै परियोजना गठन गरी (जीरो वोस्ट) कार्यान्वयन अवधारणा कार्यान्वयन गर्ने नीति लिइने, फोहर वस्तुको संकलन, ढुवानी, प्रशोधन र पुनः प्रयोग तथा सो वाट उर्जा उत्पादनका लागिकाठमाडौं महानगरपालिका लगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा वेस्ट इन्र्जि प्लान्ट एबिलत जडान गर्ने नीति लिइने लगायतका कार्यक्रम ल्याएका छन् ।

यस्तै, महानगर क्षेत्रभित्रको फोहरमैलाको दीगो व्यवस्थापनको लागि फोहरको संकलन, ढुवानी र रुपान्तरण गर्न प्रतिस्पर्धात्मक विधिवाट कार्य अगाडी बढाइनेछ । वातावरण संरक्षण र प्रवर्धनका लागि वैज्ञानिक उपायहरु अवलम्बन गर्नुका साथै सम्मानित सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश कानुन वनाई कार्यान्वयन गरिने, चालिस माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगलाई निषेध गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्लास्टिक झोलाको सट्टा कपडा, जुट वा कागजको झोला उत्पदान, विक्रि वितरण र प्रयोगलाई प्रोत्साहन हुने किसिमका कार्यक्रमहरु संचालन गरिने, सार्वजनिक जग्गा, नदी किनार, सरकारी कार्यालय परिसरमा वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । सतप्रतिशत घरले जमिन नओगटेका क्षेत्रहरुमा एक घर एक रुख अभियान संचालन गरिने, महानगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको लगत राखिनेछ । सार्वजनिक जग्गाहरुको अतिक्रमण हटाई पार्क निर्माण गरिने विषयले पनि नीति तथा कार्यक्रममा प्राथमिकता पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.