नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

  २०७९ असार ५ गते १२:०७     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

असार ५ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ ।

प्रस्तावित लाभांश कम्पनीले घोषणा गरेको दोश्रो पटकको लाभांश हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १६.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.