सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम सम्पन्न

  २०७९ असार ५ गते १०:३९     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इनस्योरेन्स कम्पनीले बीमा जागरण तथा अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दुई दिन कंचनपुरको महेन्द्रनगर उपशाखा, धनगढीको शाखा कार्यालय र त्यस अन्तरगतको उपशाखा कार्यालय लम्किमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका महाप्रबन्धक कमल राज गौतमको उपस्थिति रहेको उक्त कार्यक्रम धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले संचालन गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट काम गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.