ऊर्जा दक्षता बढाउन सीएनआई र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच सम्झौता

  २०७९ असार ३ गते १८:०१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच उर्जा सम्बन्धी कार्यमा सहकार्य गर्न समझदारी भएको छ । ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरूको ऊर्जासम्बन्धी सेवाहरूको विकास र कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी अनुसार उद्योगहरूमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको जागरूकता बढाउन दुबै संस्थाले उद्योगहरूको ऊर्जा क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा परीक्षण र क्षमता विकासका गतिविधिमा मद्दत गर्नेछन् ।

परिसंघले सन् २०१९ देखि उद्योगहरूमा ऊर्जा दक्षता प्रवद्र्धन गर्दै आएको छ भने केन्द्रले हरितगृह ग्याँस उत्सर्जन घटाउने, रोजगारी सिर्जना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यका साथ हरित ऊर्जा र ऊर्जा दक्षता क्षेत्रमा काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.