तिमी मलाई बिर्सिसक्यौ तर म बिर्सिनसकेन

  २०७९ असार ३ गते १६:०२     जयप्रकाश यादव

हजारौं भिडमा तिमलाई मात्रै खोजिरहन्छ मेरो आखाले तर के गर्नु तिमीलाई पाउनसकेन सायद मेरो भाग्य खराब हुन सक्छ!

राती सुत्दा तिमीसंग कुरा गरेर सुत्थे, बिहान उठ्दा तिम्रो अगाडि हुन्थे, बेलुका पनि तिम्रै नजिक हुन्थे तर तिमी मेरो भएनौ सायद मेरो भाग्य खराब थियो ।

राप र ताप सहेको कोईला हिरा बन्छ सहन नसक्नेहरूको नियति धुवाँमा परिणत हुने निश्चित छ ।

म अहिले पनि कहिले काँही भित्री मनबाट रून्छु र रूईदिन्छु तर के गर्नु तिमीले जति रूवाए नि तिमीसँग कुरा गरेको आद आईदिन्छ ।

बर्ष तिम्रै लागि संघर्ष गरे, हुन त दुईवर्ष मै सबले राम्रो भन्थे मलाई तर केही महिना पछि तिमीले मलाई छोडेर गयौ सायद मेरो भाग्य खराब हुन सक्छ ।

म तिमीलाई सधै आफ्नो जिन्दगी समझेर बसे तर तिमी मलाई केही समझेनौ ।

मैले तिमीलाई पाउनलाई धेरै संघर्ष गरे तर तिमी मेरो हुन सकेनौ सायद मेरो भाग्य खराब थियो।

मैले तिमलाई पाउनलाई मेरो निन्द्रा हराईसकेको थियो तर तिमी मेरो भएनौ ।

म तिम्रो लागी मेरो घर, गाउँ, साथी सबै छोडे तर तिमी मेरो हुन्न सकेनौ ।

मैले जति माया दुनियाँमा कसैले कसैलाई गरेन । रोमियो र जुलियट, मदन र मुुना, नैना र रेशम भन्दा धेरै माया थियो तिमि प्रति मेरो तर तिमी मेरो भएनौ ।

जहाँ मैंले आफुले आफैलाई बिर्सिन्छु, त्यहाँ तिमीलाई सम्झिन्छु मेरो प्रिय जिन्दगी तिमी तर तिमी छोडेर गयौ ।

तिमीले मेरो इज्जतमा दाग लगाएको छौ तर जे होस हुन त चन्द्रमा पनि दाग थियो तर उनले यस्तो काम गरेको छ कि पुरा संसारको सामु अतिउत्तम बनेको छ ।

एउटा कुरा अवश्य छ भाग्य बदलन नसकुला तर मेहनत गरेर भविष्य बदलन सक्छु ।

रहर गुमाए, आफन्त गुमाए, घर गुमाए, म भित्रको अतिउतम मान्छे पनि गुमाए , तिम्रो लागि यो शहर आएर ।

म भित्र पनि कहानी थियो बर्षौ देखि लुकेको कहाँ जाउ कसलाई बताऊ तिमीले मलाई छोडेको ।

मेरे मस्तिष्कले जहिले नि सोचथ्यो मेरो संघर्षले तिमीलाई
सजिलो पाउन सक्छु तर के गर्नु मेरो भाग्य खराब होला सायद तिमीलाई पाउन सकेन ।

दिनको उज्यालोमा घाम जस्तै म जहाँ पुगु त्यहीँ पछ्याउछन् ।
कहिलेकाँही बतासले रुख हल्लाएझै मुटुमा कम्पन लिएर आउछन् तर के गर्नु तिमी मेरो भएनौ ।

तिमीलाइ सँधै आफुभन्दा बढी माया गर्ने मान्छे
तिम्रो साथी म नै थिए तर तिमी मेरो भएनौ ।

मेरै साथी तिमीलाई पाउनलाई असफलबाट सफल भए तर म सफलबाट असफल भए सायद तिमी मेरो भाग्यमा थिएनौ ।

मेरो सोना पाउने रहर थियो तर चाँदी पाए
जे भएनी ठिकै छ ।

तिमी मेरो लागी प्रियभन्दा पनि प्राणप्रिय छौ तिमी बिर्सिसक्यौ तर म तिमीलाई बिर्सिन सकेन ।

जेहोस तिमीलाई पाउन पाँच वर्ष लागोस , सात बर्ष लागोस या जति बर्ष पनि लागोस म तिमीलाई पाएरै छोड्छु ।

तिमीलाइ सँधै आफैुभन्दा बढी माया गर्ने मान्छे
तिम्रो साथी जयप्रकाश !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.