पूर्व डेपुटी गभर्नर शिवाकोटीको ‘दोहमना घुम्न जाउँ’ सार्वजनिक

  २०७९ जेठ २७ गते १६:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको २१औं गित ‘दोहमना घुम्न जाउँ’ सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकको संचालक समिति सदस्य रहेका शिवाकोटीले रचना गरेको सो गितमा तुलसी पराजुलीले संगित भरेका छन् भने स्वर पनि पराजुली र प्रविशा अधिकारीको छ । गितको एरेन्जर चन्दु गोर्खाली हुन भने भिडियोमा दिपेन्द्र तिमल्सेना, स्मारिका ढकाल र विवेक शिवाकोटीको अभिनय छ । भिडियोको निर्देशक निर्देशक कमल खालिङले गरेका हुन् ।

सो गितमा मोरङ जिल्लाको दोहमना क्षेत्रमा आन्तरिक पर्यटन बढाउन सो क्षेत्रको प्रचार प्रसार गरिएको छ । रचनाकार शिवाकोटीले कक्षा ४ देखि १० सम्म सोही स्थानको विद्यालयमा अध्ययन गरेका थिए । सोही कारण आफ्नो क्षेत्रको प्रचार प्रसार गर्न गित रचना गरिएको शिवाकोटीले बताए ।

गितमा सो क्षेत्रको चालचलन, रहनसहन, खानपान जस्ता विषयको चर्चा गरिएको छ । सो क्षेत्रका ऐतिहासिक र पौराणिक स्थानहरु सुनबर्सी महाराज र काँटा महाराजको क्षेत्रको चर्चा गरिएको छ । सुनबर्सीमा बैशाख १ गते र काँटामा बैशाख २ गते ठूलो मेला लाग्ने गरेको छ ।

सो गित पूर्वेली भाकामा छमछम नाच्न मिल्ने लयमा रहेको शिवाकोटीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.