प्रिमियर इन्टरनेशनल स्कुल बन्यो नेपालको पहिलो आईबी कन्टिन्युम स्कुल

  २०७९ जेठ २४ गते १२:४४     विकासन्युज

ललितपुर । प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो र एकमात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल भएको छ ।

जेठ ८ गतेका दिन अइबिडिपी कार्यक्रमको लागि इन्टरनेशनल ब्याक्कालउरिट (आईबी) बाट मान्यता प्राप्त गरेको प्रिमियर इन्टरनेशनल स्कुल अब पूर्ण रुपमा अइबी किन्टिनम्म स्कुलको रुपमा स्थापित भएको छ ।

विद्यालय र नेपालको समग्र शिक्षा प्रणालीका लागि यो ठूलो उपलब्धि भएको दाबी गर्दै प्रिमियर इन्टरनेशनल स्कुलका संस्थापक पवित्रा लिम्बुले प्रिमियर इन्टरनेशनल स्कुलले प्राप्त गरेको अइबी कन्टिनम्म स्कुलको उपलब्धीसँगै नेपालमा अन्तर्राष्ट्रिय विद्यालय शिक्षाको क्षेत्रमा नयाँ आयामको थालनी भएको बताइन् ।

आईबीले विश्वभरका १५९ भन्दा बढी देशहरूमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम, डिप्लोमा कार्यक्रम र करियर सम्बन्धित कार्यक्रम गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रमहरूको कन्टिन्युम प्रदान गर्दै आएको छ ।

वर्षभर उच्च स्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी चार मुख्य कार्यक्रमहरू मध्ये न्यूनतम तीन मुख्य कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयहरुलाई कन्टिन्युम विद्यालयका रुपमा चिनिन्छ । केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आईबी पिवाइपी कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो आइबी वर्ल्ड स्कुल हो ।

त्यसैगरी क्रमशः २०१४ र २०१७ मा स्विट्जरल्याण्डमा अवस्थित इन्टरनेशनल ब्याक्यालउरिट बाट मान्यता प्राप्त भए पश्चात् कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि आईबी एमवाइपी कार्यक्रमहरु प्रदान गर्ने पनि प्रिमियर नेपालको पहिलो र एक मात्र स्कुल हो । हाल यस स्कुलले आईबीका प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम र डिप्लोमा कार्यक्रमगरी तीन मुख्य कार्यक्रमहरू प्रदान गर्दै पूर्ण आईबी कन्टिन्युम स्कुलको रुपमा स्थापित भएको छ ।

त्यस्तै गरी, १५० भन्दा बढी देशहरूमा मान्यता प्राप्त ११ औं र १२ औं कक्षाका विद्यार्थीहरूका लागि सबैभन्दा कठिन प्रि–यूनिभर्सिटी कार्यक्रमहरू मध्ये एक मानिने नयाँ अइबिडिपी कार्यक्रम पनि हाल प्रिमियर स्कुलले संचालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.