सेन्ट जर्ज स्कुलले मनायो विश्व वातावरण दिवस

  २०७९ जेठ २२ गते १३:४३     विकासन्युज

काठमाडौं । काठमाडौंको हाँडीगाउँमा रहेको सेन्ट जर्ज स्कुल विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । सो अवसरमा स्कुलका विद्यार्थीहरुले कविता, लेख, आदि मार्फत वातावरणका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको विद्यालयमा प्रधानाध्यापक मेघराज बजगाईंले बिग्रंदै गएको वातावरणप्रति सबै सचेत रहनुपर्ने बताउँदै विद्यार्थीलाई वातावरण संरक्षण हुने खालका काम गर्न आग्रह गरेका थिए ।

जेष्ठ २२ अर्थात जुन ५ तारिक संसारभर विश्व वातावरण दिवस मनाइन्छ । विश्व वातावरण दिवसको स्थापना सन् १९७२ मा भएको हो भने यो दिवस मनाउन चाहिँ १९७४ बाट युएनले सुरु गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.