‘छोरी’ संस्थाका दिदी बहिनीले पाए वित्तीय साक्षरता सम्बन्धी शिक्षा

  २०७९ जेठ २० गते १८:४१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले गैह्र सरकारी संस्था ‘छोरी’ मा आवद्ध दिदी बहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको उक्त संस्थाका दिदी बहिनीलाई वित्तीय साक्षरता सम्बन्धि शिक्षा दिएको हो ।

कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिनीहरुको उपस्थिति रहेको थियो । उनीहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएका छन् ।
उक्त कार्यक्रममा एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नबिन पन्थि र छोरी संस्थाको तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति रहेको थियो ।

बिगतका बर्षहरुदेखि नै महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तिकरणको लागि बिभिन्न समयमा बिभिन्न समूहहरु लक्षीत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । छोरी संस्थाका दिदि बहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनीहरुमा बित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले बिश्वास लिएको छ । बैंक र छोरी संस्था दुबैले भविष्यमा पनि यस्ता बित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.