वैदेशिक रोजगारीका नाममा एजुकेशन कन्सल्टेन्सिको ठगी धन्दा, तत्काल कारवाही गर्न मन्त्रीकाे निर्देशन

  २०७९ जेठ १९ गते १७:०३     विकासन्युज

काठमाडौं । शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृती लिएर खोलिएका एजुकेशन कन्सल्टेन्सिहरुले वैदेशिक रोजगारमा नेपाली युवाहरुलाई पठाउने गरेको पाइएको छ । त्यति मात्र होइन, उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै विद्यार्थीहरुसँग करोडौ रुपैयाँ उठाएर ठगि गरेको पाइएको छ ।

गैरकानुनी रुपमा व्यवसाय सञ्चालन गर्ने र युवाहरुसँग करोडौं रकम असुल्ने गरेको शैक्षिक संस्थामाथि कारवाही प्रक्रिया अगाडि बढाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार इन्टरनेसनल एक्पो एन्ड ट्राभल सर्भिस प्रालि र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले १४४ जनाबाट साढे ४ करोड उठाएर ठगी गरेका छन् । उनीहरुमाथि वैदेशिक रोजगार न्ययाधिकरणमा मुद्दा दायर गरेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेकामध्ये हाल ३ वटाको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरिएको जानकारी दिए । एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्यक्तिगत सहित पछिल्लो महिनामा मात्र ४ करोड ९३ लाखको दाबी र सोको हर्जना सहित ७ करोड रुपैयाँका बराबरको मुद्दा दायर गरिएको छ ।

यसरी गैरकानुनी रुपमा व्यवसाय सञ्चालन गरी ठग्नेहरुलाई कारवाही गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले पछिल्लो समय एजुकेशनल कन्सल्टेन्सीका नाममा ठगी बढेको बताउँदै यसको नियन्त्रणका लागि शिक्षा मन्त्रालय लगायत निकायसँग समन्वयन गरी शैक्षिक परामर्श संस्थाको नियमनमा कडाइ गरिने बताए ।

कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैया असुली गरी संचालक फरार हुने गरेको उजुरी विभागमा परेको छ ।

गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका ३ बस्ने निशान बगालेले आफू ठगीमा परेको उजुरी विभागमा दिएका छिन् । बिरुद्ध दिएको उजुरी बिरुद्ध तत्काल कारवाई प्रक्रिया अघि बढाउन निर्देशन दिनु भयो । पीडित बगालेलाई वैदेशिक रोजगारिको लागि मासिक १००० डलर तलब रकम हुने होटल सम्बन्धिको काममा अष्ट्रेलिया देश पठाईदिने जनाउदै काठमाड जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ६ बस्ने हरिशरण खडकाले एकमुष्ट १० लाख लिएका थिए । पीडित बगालेले दिएको उजुरी सम्बन्धमा विभागले आजै कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शुन्य सहनशिलता नीति अपनाउने बताएका छन् । सचिव एकनारायण अर्याल सहित बिहीबार बुद्धनगर स्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताएका हुन ।

मन्त्री श्रेष्ठले विभागका कर्मचारीहरुलाई श्रमिकको पक्षमा काम गर्दा समस्या भए मन्त्रालयमा तत्काल जानकारी गराउन निर्देशनसमेत दिए । उनले ईजाजतवाला संस्था (मेनपावर कम्पनी) को दर्ता, नवीकरण, कामदार पठाउन पाउने सीमा, धरौटी रकम, बैंक ग्यारेन्टी, कारवाही, फुकुवा तथा अन्य जानकारीलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने मन्त्रालयको तयारी रहेको बताए ।

मेनपावरले श्रमिक विदेश पठाउन सक्ने क्षमताका आधारमा धरौटी रकमलाई पुनर्मूल्यांकन गर्ने संयन्त्रलाई समेत सुधार गरिने उनको भनाइ छ । धरौटी रकमका आधारमा उजुरीकर्तालाई रकम फिर्ता गर्न नसक्ने अवस्था भए पनि मेनपावरले राखेको बैंक ग्यारेन्टीलाई द्रुत प्रयोग गरी श्रमिकलाई रकम फिर्ता दिन उनले विभागका कर्मचारीहरुलाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.