डिजिटल बोर्ड किन्न १० करोड, शिक्षाको बजेट ७० अर्ब

  २०७९ जेठ १५ गते २१:४९     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

मन्त्री शर्माका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ८ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, डिजिटल बोर्ड खरिद गर्न १० करोड तथा प्राविधिक तथा व्यवसायिक तालिमको लागि ८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.