कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

  २०७९ जेठ १५ गते १८:३१     विकासन्युज

काठमाडौं । सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आज संसद्मा आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब वृद्धि भएकाे बताए ।

मन्त्री शर्माका अनुसार जसमा चालु आवमा सरकारी कोषबाट तलब बुझ्ने निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि हुने छ ।

साथै सिधै सरकारी कोषबाट तलब बुझ्ने कर्मचारी बाहेक सरकारको पुर्ण वा आंशिक स्वामित्वमा रहेका आयोग, संस्थान, कम्पनी, प्राधिकरण, आदि लगायतका संस्थामा काम गर्ने कर्मचारीहरुको समेत सोही आधारमा तलब बढ्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.