पर्यटनमा ९ अर्ब ३८ करोड, हवाई पूर्वाधारमा १२ अर्ब

  २०७९ जेठ १५ गते १६:५६     विकासन्युज

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

उनले हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको बताए ।

उनले गौतमबुद्ध तथा पोखरा क्षेत्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन विस्तार गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई कम गर्न ट्याक्सी वे निर्माण गर्न २ करोड बजेट विनियोजन गरिएको बताए ।

यस्तै, सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माण गर्ने, आन्तरिक हवाई सेवाको गुणस्तर विस्तार गर्न, डडेलधुरा, बाँगलुङ विनमास्थलको स्तारोन्तनी गरिने र नागरिक उडड्यन प्राधिकरणलाई सेवा प्रदायक तथा नियामक निकायको रुपमा छुट्टाउने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.