हिमालयन ह्वाइट हाउस इन्टरनेशलन कलेजद्वारा दिक्षान्त समारोह सम्पन्न

  २०७९ जेठ १५ गते १२:४७     विकासन्युज

काठमाडौं । हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेजले दिक्षान्त समारोह सम्पन्न गरेको छ । कलेजले शनिबार उक्त समारोह सम्पन्न गरेको हो । विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर गरेका विद्यार्थीहरुलाई सहभागी गराई शनिबार उक्त समारोह सम्पन्न बताएकाे छ ।

समारोहका प्रमुख अतिथि तथा पुर्वाञ्चल विश्वविद्यालयका रजिष्टार  निलमणि पोख्रेलले दिक्षित भएका विद्यार्थीहरुलाई बधाई दिँदै मुलुकको निमित्त थप योगदान पुर्याएको दिन कलेज तथा विश्वविद्यालय थप खुसी हुने बताए । मुलुक सम्पन्न भएको तर इमान्दार र क्षमतावानहरुको खाँचो रहेको बताउँदै प्रमुख अतिथि पोख्रेलले भने, ‘हाम्रो मुलुक सम्पन्न छ । तर, खाँचो छ इमान्दरिता । अरुले होइन हामीले गर्ने हो । सम्भव छ । हिजो आफ्नो लागि मात्रै काम गर्ने भन्ने थियो, अब मुलुकको लागि काम गर्ने समय आएको छ ।’

साथै प्रमुख अतिथि पोख्रेलले काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाह आफ्नै विश्वविद्यालय तथा हिमालयन ह्वाइट इन्टरनेशनल कलेजको विद्यार्थी भएको खुसी व्यक्त गर्दै शाहको कार्यकाल सफलताको कामना समेत व्यक्त गरे ।

समारोहमा दिक्षित भएका विद्यार्थीहरुलाई रजिष्टार पोख्रेलले प्रमाणपत्र प्रदान गरेका थिए । दिक्षित भएका विद्यार्थीहरुको तर्फबाट पुजा पोख्रेलले आफ्नो अनुभव व्यक्त गरेकी थिइन् । समारोहमा विभिन्न गित तथा नाचको माध्यमबाट सहभागीहरुलाई मनोरन्जन प्रदान गरिएको थियो ।

प्रमुख अतिथि तथा पुर्वाञ्चल विश्वविद्यालयका रजिष्टार निलमणि पोख्रेलले पानसमा बत्ती बालेर समारोहको उद्घाटन गरेका थिए । साथै समारोहमा सहभागीहरुलाई कलेजका भाइस प्रिन्सिपल डा.अजय खड्काले स्वागत गरेका थिए । समारोहमा कलेजका संस्थापक र विभिन्न विभागीय प्रमुखहरुको सहभागिता समेत रहेको थियो ।

समारोहको अध्यक्षता गरेका हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले सहभागी सबैलाई धन्यबाद दिँदै समारोहको समापन गरेका थिए । प्रिन्सिपल पौडेलले दिक्षित भएर गएका विद्यार्थीहरुसँग कलेज र विश्वविद्यालयको सम्बन्ध सँधै रहिरहने बताउँदै भोलिका दिनमा कलेजको लागि आवश्यक फिडब्याक प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.