नेसनल प्याबसन अन्तर्गतका सबै विद्यालय आइतबार पनि खुल्ने

  २०७९ जेठ १३ गते १२:०४     विकासन्युज

काठमाडौं । राष्ट्रिय निजी तथा आवसिय विद्यालय एसोसिएसन नेपाल ९नेसनल प्याबसन० अन्तर्गतका सबै विद्यालय आइतबार पनि खुल्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेसनल प्याबसनले यस्तो जानकारी दिएको हो ।

नेसनल प्याबसनले सरकारले आफुखुशी यस्तो निर्णय गरेको आरोप लगाएको छ । विगत दुई वर्षदेखि कोभिडको कारण पठनपाठन अस्तव्यस्त रहेको अवस्थाको गम्भिर मूल्यांकन नै नगरी विदाको निर्णय गरेको नेसनल प्याब्सनको आरोप छ ।

सरकारको निर्णयप्रति कुनै पनि सहमति नरहेको बताउँदै नेसनल प्याबसनले आफ्ना मातहतका प्रदेश समिति, जिल्ला समिति, पालिका समिति लगायतका सम्पुर्ण विद्यालयहरुलाई आइतबार पनि विद्यालय खुला गर्ने निर्देशन दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.