प्रभु क्यापिटलले त्रिविका विद्यार्थीलाई दियो सेयर बजारको तालिम

  २०७९ जेठ १२ गते ११:३८     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सेयर बजार सम्बन्धी तालिम दिएको छ । क्यापिटलले उक्त विश्वविद्यालयको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीको लागि ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम दिएको हो ।

क्यापिटलले जेठ ०९ गतेदेखि जेठ ११ गतेसम्म तालिम दिएको हो । सो वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयरबजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सो वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले सञ्चालन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.