सर्भेयरको तालिम दिँदै बीमा समिति

  २०७९ जेठ ११ गते १८:५८     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमा सर्भेयरको तालिम दिने भएको छ । समितिले आगामी जेठ ३० गतेदेखि असार ३ गतेसम्म बीमा सर्भेयरको तालिम सञ्चालन गर्न लागेको हो ।

काठमाडौंमा दिइने उक्त तालिममा यसअघिको तालिममा सहभागी नभएकाहरु मात्र सहभागी हुन पाउने छन् । समितिका अनुसार २०७८ भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म अनलाईन मार्फत निवेदन दिएका तर तालिममा सहभागी नभएका निवेदकहरु मात्रै अबको तालिममा सहभागी हुने पाउने छन् ।

साथै, गत वर्षको तालिमको लागि निवेदन दिएका तर यो वर्ष सहभागि हुन नसक्ने निवेदकहरुलाई पनि समितिले समितिको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । यदि कार्यालय जाने नसक्ने अवस्था भएमा समितिको इमेलमा रकम बुझाएको प्रमाणसहित निवेदन दिन सक्नेछन् । समितिका अनुसार उनीहरुले आगामी जेठ १८ गतेसम्ममा यो इमेलमा निवेदन दिइसक्नुपर्ने छ ।

र, यो तालिममा समेत सहभागी नभएकालाई अर्को तालिमको व्यवस्था नगरिने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.