रिलायन्स लाइफले गर्यो ४१ लाखको मृत्यु दाबी रकम भुक्तानी

  २०७९ जेठ ११ गते १८:५६     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले इलाममा बुधबार मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिमित प्रवीण चापागाईंकाे परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रमबीच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालकाका प्रमुख केदार थापाले संयुक्त रुपमा सो चेक मृतककी श्रीमती सीमा चापागाईंलाई हस्तान्तरण गरेका हुन् । गत ७८ साल चैत महिनामा बीमा गर्नुभएका निर्माण व्यवसायी प्रवीण चापागाईंको पाँच महिनापछि मृत्यु भएको थियो । पचास लाखको बीमा गर्दा पहिलो किस्ता बापतको चार लाख २५ हजार तिर्नुभएका उहाँको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापक सूर्यप्रकाश गुप्ताले बीमा बचतसँगै आर्थिक जोखिम बहन गर्ने माध्यम भएको चर्चा गरे । उनले बीमा कम्पनीमा जीवन बीमा गरी आफ्नो र परिवारको आर्थिक जोखिम न्यूनीकरण गर्नसमेत आग्रह गरे ।

कम्पनी इलाम शाखाका प्रबन्धक लक्ष्मण चौलागाईंले स्थानीय तहहरूले पनि कार्यक्रम निर्माण गर्दा बीमाको पहुँचमा आफ्ना नागरिक पुग्न सक्नेमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले नागरिकप्रति उत्तरदायी बन्न सहुलियत दिने खालका कार्यक्रम ल्याउन सुझावसमेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.