बैंक अफ काठमाण्डूका ग्राहकलाई ड्रिम्स ताज बिस्ट्रोमा १० प्रतिशत छुट

  २०७९ जेठ ११ गते १८:३१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू  र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्ड बाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुरुप डेबिट कार्ड भुक्तानी गर्ने ग्राहकलाई ७ र क्रेडिट कार्डबाट तिर्नेलाई १० प्रतिशत छुट दिइने छ । ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.