एभरेष्ट बैंकका ग्राहकलाई सहारा फिजियोथेरापी अस्पतालमा विशेष छुट

  २०७९ जेठ ११ गते १८:१०     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पताल महाराजगंजबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। हरिकुमार लम्सालले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुरुप बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने डा. लम्सालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.