यामाहाको एफजेड एक्स १५० को बिक्री सुरु, ४ लाख २६ हजार पर्ने

  २०७९ जेठ ११ गते १९:२५     विकासन्युज

काठमाडौं । यामाहाको बहुप्रतिक्षित बाइक एफजेड एक्स १५० को एमएडल्लू इन्टरप्राइजेजले आजबाट बिक्री वितरण सुरु गरेको छ ।

कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो ुनियो रेट्रो बाइक हो जुन एलसिडी मिटर र ब्लुट्य कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ।

राइड फ्रिु अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक पात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको बाइक रहेको कम्पनीले बताएको छ।

पल्सर न्यू एफजेड एक्स १५०, फ्युल-इन्जेक्टेड र भारत स्टायाण्डर्ड ०६, एपर-कूल्ड, १५० सीसी ब्लू कोर इन्जिन र ५-स्पीड गियर बक्सका साथ तयार पारिएको बाइक हो । यसले ७२५० आरपीएममा १२.४ पीएस अधिक्तम पावर तथा ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्दछ ।

पामाहाका अन्य मोटरसाइकलहरुभन्दा अलि फरक प्रपोजनका निम्ति तपार पारिएको यस मोटरसाइकलको हरेक डिटेल चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ ।

फ्रण्ट फोर्क बुटका साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लूटूथ कनेक्टिभिटीजस्ता विशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सीईओ राजु क्षेत्री बताउँछन् ।

आइतबारबाट नेपालभरिका यामाहाको शोरुममा उपलब्ध हुने जनाइएको एफजेड एक्स १५० को मूल्य ४ लाख २६ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

यसका अतिरिक्त, कम्पनीले आफ्नो नयाँ स्किम ‘रोड टू मोटो जिपी’ पनि सार्वजनिक गरेको छ। रोड टू मोटोजिपी यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.