हिमालयन बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने, साढे १० प्रतिशत ब्याजदर दिने

  २०७९ जेठ ११ गते १७:४६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले दुई अर्ब पचास करोड बारबारको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । यसको लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर ज।ब।रा। र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

हिमालयन बैंकले देशका ७ वटै प्रदेशमा ७४ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.