पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने सरकारको नीति छ : मन्त्री कार्की

  २०७९ जेठ ११ गते १७:२५     विकासन्युज

gyanendra-bahadur-karki काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन् ।

बुधबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभइ अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको बताए ।

नेपालमा उर्जाको उत्पादन बढीरहेकोले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनु पर्ने उनको भनाइ छ । उनले आगामी दिनमा उर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई बिस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.