बसन्तपुरमा मानिसिक स्वास्थ्यबारे कार्यक्रम गर्दै सम्भाव्य फाउण्डेसन

  २०७९ जेठ ११ गते १५:४२     विकासन्युज

काठमाडौं । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेसन र सम्भाव्य युवा परिषदले संयुक्त रुपमा मेन्टल ह्लेथ एट ओपन स्पेश नामक कार्यक्रम गर्ने भएको छ ।

जेठ १३ गतेदेखि १५ गतेसम्म बसन्तपुरमा हुने उक्त कार्यक्रम मुख्य उद्देश्य विभिन्न मानसिक स्वास्थ्यमा काम गर्दै आएका संस्थाहरुसँग समन्वय गरेर जनमानसमा मानसिक स्वास्थ्यबारे सचेतना फैलाउनु रहेको संस्थाले जनाएको छ ।

नेपालको सन्दर्भमा मानसिक स्वास्थ्यलाई त्यति प्राथमिकता नदिएको लिएजन अफिसर त्रिशा श्रेष्ठ बताउँछिन् । मानसिक स्वास्थ्यसँग जोडिएको मौनतालाई चिर्दै मानसिक स्वास्थलाई प्राथमिकतामा ल्याउन फाउन्डेसनले ’खुल्ला स्थानमा मानसिक स्वास्थ्य’ कार्यक्रम आयोजना गर्न गइरहेको उनले बताइन् ।

तीन दिन चल्ने कार्यक्रममा खुल्ला संवाद, हेल्प डेस्क, मनोसामाजिक नाटक, आदि मार्फत जनमानसलाई मानसिक स्वास्थ्य बारे सचेत गराइने उनले जानकारी दिइन् ।

शारीरिक स्वास्थ्यको हेरचाह र उपचार जस्तै मानसिक स्वास्थको हेरचाह र उपचार पनि उत्तिकै महत्त्वपूर्ण रहेको काउन्सलिङ साइकोलोजिस्ट रन्जिता महर्जन बताउँछिन् । विश्व तथ्यांक अनुसार मानसिक रोगहरु मधुमेह, क्यान्सर, र मुटु रोग समस्या भन्दा पनि धेरै मानिसहरुमा देखा परेको उनले बताइन् ।

’मानसिक रोगको आघातबाट धेरै मानिसहरु एकान्तमा जुधिरहेका हुन्छन् । मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास र मिथ्याले गर्दा मानिसहरु खुलेर आफ्ना समस्याहरु व्यक्त गर्न सक्दैनन् । यसले व्यक्तिगत असर पार्नुको साथै परिवार, बालबालिका र सम्पूर्ण समुदाय स्तरमा नै असर पारिरहेको छ,’ उनले भनिन् ।

यस कार्यक्रमको लागि सम्भाव्या फाउन्डेसनसँग काउन्सलिङ्ग साइकोलोजी नेपाल, युथ केयर फाउन्डेसन, काउन्सलिङ्ग साइकोलोजी एण्ड सोसल स्टडिच कलेज, के एण्ड के इन्टरनेसनल कलेज, साइक विज्ञान नेटवर्क नेपाल, अर्ली चाइल्डहुड एजुकेसन प्राइभेट लिमिटेड, मनका कुरा, पिक्स नेपाल र जेसटाल्ट इन्सटिट्युट नेपालले सहकार्य गरेको छ ।

मानसिक स्वास्थ्यलाई प्रबन्धन गर्न १९४९ देखि मे महिनालाई मानसिक सचेतना महिनाको रुपमा मनाउने गरिन्छ ।

सम्भाव्य फाउण्डेसन सन् २०१८ मा स्थापना भएको बाल तथा किशोर मानसिक स्वास्थ्य संस्था हो । यस संस्थाले स्कूल मानसिक स्वास्थ्य कार्यक्रम र परामर्श कक्ष परियोजना जस्ता कार्यक्रमहरू मार्फत स्कूल मानसिक स्वास्थ्यको क्षेत्रमा काम र वकालत गर्दछ । एक विद्यालय एक सल्लाहकार कार्यक्रम मार्फत साम्भाव्या फाउन्डेसनले विभिन्न विद्यालय अन्तर्गत विद्यार्थी, शिक्षक र अभिभावकहरुसँग मनोसामाजिक हितको लागि सुविधाको दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.