बैंकहरूको साढे ५४ अर्ब कर्जा खराब, सरकारी बैंकको बढी, कुनको कति ?

  २०७९ जेठ ११ गते १५:२६     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूको साढे ५४ अर्ब रूपैयाँ कर्जा खराब देखिएको छ । बैशाखसम्मको तथ्यांक अनुसार २७ वाणिज्य बैंकहरूको कुल ५४ अर्ब ५७ करोड रूपैयाँ कर्जा खराब देखिएको हो । वाणिज्य बैंकहरूको औसत एक प्रतिशत प्रतिशत कर्जा खराब देखिएको छ ।

बैंक वित्तीय संस्थाले निश्चित समयका लागि ऋणीलाई प्रदान गरेको ऋण तोकिए अनुसारको समय सीमामा असुल नभएमा बैंक तथा वित्तीय संस्थाले सो कर्जालाई खराब कर्जा रूपमा गणना गर्छन् ।

अहिले वाणिज्य बैंकहरूको कुल ४१ खर्ब ९१ अर्ब ४२ करोड रूपैयाँ कुल कर्जा लगानी छ । त्यसको औसत एक प्रतिशत कर्जा खराबमा गणना गरिएकाे छ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राख्ने गरेका छन् ।

कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । बैंकहरूको खराब कर्जा बढ्दा नाफामा पनि ह्रास आउने गर्छ भने प्रतिफल पनि राम्रो दिन सक्दैनन् ।

बैंकहरूको तेस्रो त्रैमास अनुसार सबैभन्दा बढी खराबकर्जा राष्ट्रिय वाणिज्य बैंकको छ । राष्ट्रिय वाणिज्य बैंकको कुल खराब कर्जा ६ अर्ब ८७ करोड रूपैयाँ छ । यस्तै, कृषि विकास बैंकको ४ अर्ब १२ करोड, ग्लोबल आईएमई बैंकको ३ अर्ब ९५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब ८७ करोड, नेपाल बैंकको ३ अर्ब ६४ करोड रूपैयाँ, नबिल बैंकको ३ अर्ब २२ करोड र एनएमबी बैंकको २ अर्ब ७ करोड रूपैयाा खराब कर्जा छ ।

सबैभन्दा कम खराब कर्जा भने नेपाल एसविआई बैंकको छ । जसको खराब कर्जा ०.१४ प्रतिशत अर्थात १५ करोड रूपैयाँ खराब कर्जा छ ।

कुन बैंककाे खराब कर्जा कति ?

नोट : यसअघि भुलवस गलत तथ्यांक प्रयोग भएकोले अहिले सच्याइएको छ ।

2 comments on "बैंकहरूको साढे ५४ अर्ब कर्जा खराब, सरकारी बैंकको बढी, कुनको कति ?"

  • MPATHAK says:

    Above data is right. i think analysis is mismatch total NPL Rs.54.57 Arab percentage of NPL in total Bank Loan portfolio 1% .

  • तोरी says:

    CIVIL bank ko total loan 137 Arab, kati hasnu ho partakar mahodaya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.