एनआईसी एशिया बैंकको डीसीईओमा सन्ताेष राठी नियुक्त

  २०७९ जेठ १० गते १७:५८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैंकको जेठ ८ मा बसेको सञ्चालक समितिको बैठकले राठीलाई बैंकको डीसीइओमा नियुक्त गरेको हो । उनले साउन १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।

२०६४ मंसिर १९ देखि तत्कालीन बैंक अफ एशिया नेपालको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै डीसीइओमामा नियुक्त भएका हुन् ।

बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका राठीलाई बैंकको रुपान्तरणमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै बैंकले डीसीइओमा नियुक्त गरेको बताएको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.