एक सातापछि बढ्यो नेप्से परिसूचक, दुई बाहेक सबै समूहमा छायो हरियाली

  २०७९ जेठ १० गते १५:२३     विकासन्युज

काठमाडौं । एक सातादेखि निरन्तर घटेको बजार मंगलबार बढेको छ । मंगलबारको कारोबारमा नेप्से परिसूचक १६.३२ बिन्दुले बढेर २२१७.१९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७४ प्रतिशतले बढी हो ।

त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेर ४३२.६७ बिन्दुमा पुगेको छ ।

बजारमा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन एक अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार सो दिन २२४ कम्पनीको ३१ लाख ७३० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कूल कारोबारमध्ये एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर सबैभन्दा बढी किनबेच भएको छ । संस्थाको एकैदिन ४ करोड ८४ लाख रुपैयाँ बराबरको संस्थापक (प्रमोटर) सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको ४ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा दुई समूहबाहेक कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । मंगलबार म्युचुअल फण्ड र ट्रेडिङ समूह सामान्य अंकले घटेका छन् भने बाँकी समूह बढेका छन् । जीवन बीमा समूहको सूचक सबैभन्दा बढी अर्थात ७६.७४ अंकले बढेका छन् ।

कारोबारमा आएकामध्ये सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य बढ्नेमा लक्ष्मी लघुवित्त रहेको छ । लघुवित्तको सेयर मूल्य ५.९५ प्रतिशतले बढेर प्रतिकित्ता १३१६ रुपैयाँ पुगेको छ ।

बढेको बजारमा पनि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ४६.९० रुपैयाँले घटेर प्रतिकित्ता ४२२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.