सत्याल पब्लिकेसनले १० हजार शिक्षकलाई रोजगारी दिने

  २०७९ जेठ ९ गते १३:३५     विकासन्युज

काठमाडौं । सत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’को आइतबार सार्वजनिक गरिएको छ ।

शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले द वल्र्डलिन्कसँग मिलेर सफ्टवेयर बनाउने प्लेटफर्म प्रालिका कार्यकारी निर्देशक अश्विन सत्यालले जानकारी दिए । वल्र्डलिन्कका कर्पाेरेट निर्देशक लक्ष्मण यादवका अनुसार वर्षाैँदेखि पाठ्यपुस्तक छाप्दै आएको कम्पनीले विद्यालय शिक्षालाई डिजिटलाइजेसन गर्न सफ्टवेयरको विकास गरेको हो ।

विद्यालय जाने प्रणालीलाई परिवर्तन गर्दै सो एपमा इन–पुस्तक, स्मार्ट कक्षा, अनलाइन तथा हाइब्रिड कक्षा र परीक्षा, ट्युसन, असाइनमेन्ट आदि राखिनका साथै हाल ट्युसनमा १० हजार शिक्षकलाई आंशिक रोजगारी दिइने लक्ष्यका साथ शैक्षिक भविष्य बदल्ने योेजना राखेको प्लेटफर्म प्रालिका कार्यकारी अध्यक्ष तथा सिइओ आर्यन सत्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.