अटिजम भएका बालबालिकाका लागि विद्यालय बनाउन कार्यक्रम गर्दै राउण्ड टेबल

  २०७९ जेठ ९ गते ९:२४     विकासन्युज

काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ ।

स्कुल फर स्पेसल नाम दिईएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिने संस्थाले जनाएको छ । यसका साथै संस्थाले डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र बृद्धिका लागि विशेष सहयोग समेत गर्ने जनाएको छ ।

कम्पनीले यसका लागि असार ४ गते  दि मल्ल होटलमा एक विशेष कार्निभल आयोजना गर्ने भएको छ । ुजुन वियर कार्निभलुको नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारिवारिक कार्निभलको संयुक्त रुप हुने संस्थाले जनाएको छ ।

यस कार्यक्रमबाट भएको आम्दानिको सबै रकम डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षामा खर्च गरिने आयोजक संस्थाका शरद केडियाले बताए । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षा र मनोरञ्जनका लागि काम गर्ने योजनाको यो पहिलो पाईला भएको बताउँदै अध्यक्ष केडियाले थप विभिन्न कार्यक्रमहरु भविष्यमा गरिने योजना रहेको समेत बताए ।

सन् १९२७ मा ब्रिटेनमा स्थापना भएको राउण्ड टेबल इन्टरनेशनललाई सि। के। गोल्छाले १९८९ मा नेपाल भित्र्याएका थिए । ३६ हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुनेगरी नेपालभरका २६ विद्यालयहरुमा १७० भन्दा बढी कक्षा कोठा निर्माणमा सघाउ पु¥याई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.