आयल निगमको प्रतिस्पर्धी ल्याउने तयारी, उद्योगमन्त्रीले भने : निजी क्षेत्रको लगानी चाहिन्छ

  २०७९ जेठ ८ गते १७:०५     विकासन्युज

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातको अनुमति निजी क्षेत्रलाई दिने तयारी थालेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमको प्रतिस्पर्धी आवश्यक रहेको बताएका छन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

सरकारी स्वामित्वमा सञ्चालित निगममा प्रतिस्पर्धीको आवश्यक रहेको भन्दै उनले त्यसतर्फ काम गर्ने तयारी भइसकेको बताएका छन् । ‘निगम एक्लैले पेट्रोलियम पदार्थको आपूर्ति गर्न सकेन, निजी क्षेत्रलाई इन्धन आपूर्तिको अनुमति दिने तयारी भइरहेको छ, हामी अब छिट्टै निष्कर्षमा पुग्छौँ’, उनले भने ।

महासंघका अध्यक्ष शेखर गोल्छाले पेट्रोलियम पदार्थको कर बढी भएको भन्दै उपभोक्तालाई राहत हुनेकरी कर घटाउनुपर्ने माग राखेका थिए ।

यसअघि निजी क्षेत्रका उद्योगी तथा व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानीमा निगमको एकाधिकार रहेको भन्दै निजी क्षेत्रलाई आयातको अनुमति दिनुपर्ने माग राख्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X