७०० रुपैयाँले बढ्यो सुनको मूल्य

  २०७९ जेठ ८ गते ११:३९     विकासन्युज

gold काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुन ७०० रुपैयाँले बढेर ९८ हजार रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य यथावत रही एक हजार २७० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.