अमेरिकी ब्रान्ड क्रेन बेबी नेपालमा

  २०७९ जेठ ८ गते १०:२३     विकासन्युज

काठमाडौं । अमेरिकी ब्रान्ड क्रेन बेबी नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको छ । क्रेन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणको लागि विश्वव्यापी रूपमा प्रख्यात छ।

क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप ुक्रेन बेबीु लन्च गरेको छ । यो लाइनअपमा बच्चाको बेडिङ्ग, नर्सरी डेकोर,  प्लस टोइ साथै अरू उत्कृष्ट बेबी आइटमहरु उपलब्ध छन् । यसले नयाँ अभिभावकहरूलाई छनौट गर्न १०० भन्दा बढी उत्पादनहरूका विकल्प प्रदान गर्नुको साथै यसका उत्पादनहरू स्टाइलिस, गुणस्तरीय र वातवरणमैत्री रहेका छन् ।

यस लाइनअपको उद्घाटन नायिका प्रियंका कार्की, पुर्व मिस नेपाल जेनिशा मोक्तान, निर्देशक रेनशा राई राणा र मिनिसा भट्टराईले गरेका थिए । यसको शोरुम दरबारमार्गस्थित आईएमएस लिटिल स्माइल्समा रहेको छ ।

उद्घाटनको अवसरमा कम्पनीले छुटहरु प्रदान गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.