हिमालय एयरलाइन्सकी एयरहोस्टेस डंगोलले गरिन सगरमाथा आरोहण

  २०७९ जेठ ६ गते १६:३५     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्समा कार्यरत एयरहोस्टेस (विमान परिचालिका) ले सगरमाथा आरोहण गरेकी छिन् । हिमालयमा कार्यरत एयरहोस्टेस ॐनिका डंगोलले जेठ २ गते बिहान साढे ७ बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनबाट उनले आरोहण गरेको एयरलाइन्सले जनाएकोे छ । कम्पनीले आरोहण सम्पन्न गरेर काठमाडौं फर्किएको डंगोललाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

हिमालयले आफ्नो ऐतिहासिक परियोजना ‘हिमालय एअरलाइन्स् एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ नेपालमा पर्यटन प्रवद्घर््न गर्ने उद्देश्यले सुरु गरेको थियो । कम्पनीको उक्त योजनालाई साथ दिदै डंगोलले आरोहण गरेकी हुन । उनले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.