मान्छे बेच्ने, सामान भित्र्याउने देश बन्यो नेपाल : गगन थापा

  २०७९ जेठ ६ गते १३:४२     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाल मान्छे बेच्ने र मालसामान भित्र्याउने देश बनेको बताएका छन् ।

आज जारी प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सहभागी हुँदै उनले नेपालीको भान्छामा पाक्ने सबैजसो तरकारी समेत आयात गरिएको पाक्ने गरेको बताएका हुन् ।

‘हामी मानवीय श्रम विदेश पठाउँछौँ अनि हाम्रो भान्सामा सबै कुरा विदेशबाट ल्याएर चलाउँछौं,’ उनले भने ।

उनले अर्बौँका सामान विदेशबाट ल्याएर कृषिप्रधान देशको गफ दिइरहेको बताउँदै नेपालले आत्मनिर्भर हुन उद्योगमा नेपाली फुटवेयर, कपडा उद्योग, जडिबुटीलगायतको उत्पादनमा जोड दिनुपर्ने उनले बताए । जसका लागि १० वर्षे योजना बनाएर काम गर्नुपर्ने उनले बताए ।

साथै नेपालमा चलेका अधिकांश उद्योगमा जनशक्तिसमेत बाहिरबाट ल्याउनुपर्ने बाध्यतालाई व्यवस्थापन गर्दै नेपाली कच्चद पदार्थको अधिक प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.